श्रावण ५, २०८२ सोमबार July 21, 2025

डा. जागेश्वर गौतम वीर अस्पतालबाट हटाइए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले विवादमा मुछिएसँगै डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ। सोमबार स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रिस्तरिय निर्णयबाट विवादमा मुछिएका गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएको हो।

डा. गौतम जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएदेखि नै उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका तानिएका थिए ।

आइतबार गौतमको विरोधमा उत्रीएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरु र प्रहरीबीच झडप समेत भएको थियो । उनलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया