श्रावण ५, २०८२ सोमबार July 21, 2025

उदयपुरमा कोरोना संक्रमित बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उदयपुर जिल्लामा साउनको दोस्रो हप्तामा कोरोना संक्रमितको संख्या घटेर दुई सय पाँचमा झरेकामा तेस्रो हप्तामा आइपुग्दा ह्वात्तै बढेर ३१५ पुगेको छ । एक हप्ताका बीचमा संक्रमित एक सयभन्दा बढी भएका छन् ।

स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताए ।

लिम्चुङ्बुङ र ताप्ली गाउँपालिकामा पनि संक्रमित बढिरहेको उनको भनाइ थियो ।

घटेर शून्यको अवस्थामा झरिसकेको सङ्क्रमण एक हप्तामै पुनः तीव्ररूपमा वृद्धि हुन थालेकाले त्रियुगा–२को खैजनपुर गाउँ सिल गरिएको छ, जहाँ १५ संक्रमित छन् ।

मालपोत कार्यालय, त्रियुगा र गाइघाटस्थित सिभिल बैंकमा कर्मचारीमा समेत संक्रमण देखिएकामा मालपोत भने एक हप्ताको लागि बन्द गरिएको छ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ४३ पुगेकामा ३१५ उपचारत छन् भने ५२ को मृत्यु भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया