श्रावण ५, २०८२ सोमबार July 21, 2025

सात अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीन सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले संयुक्तरूपमा नेपालमा कोभिड–१९ को प्रतिकार्यमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली सुधार गर्न चीनको दक्षिण–दक्षिण सहयोग सहायता कोषअन्र्तगत नयाँ कार्यक्रम सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभागसँगको समन्वयमा यूएनडिपीले कोशी अस्पताल, विराटनगर, नारायणी अस्पताल, वीरगञ्ज, जनकपुर अस्पताल, जनकपुरधाम, वीरेन्द्र सैनिक अस्पताल, छाउनी, राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर र भेरी अस्पताल, नेपालगञ्जसँग मिलेर काम गर्नेछ ।

उक्त कार्यक्रमले अटोक्लेभलगायत उपकरण जडानका साथै अस्पतालको फोहोर व्यवस्थापन प्रणालीको स्तरवृद्धि, फोहोर व्यवस्थापन क्षेत्र स्थापना तथा त्यसको उचित प्रयोगसँगै स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका सम्बन्धमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने यहाँस्थित युएनडिपीको कार्यालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत ३५० स्वास्थ्यकर्मीको प्राविधिक क्षमता बढाउन तथा स्थानीय सरकारका १०० अधिकारीलाई स्वास्थ्य आपत्कालको उचित व्यवस्थापन प्रशिक्षण दिइनेछ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा नागरिककोे चेतना बढाउन शहरी तथा ग्रामीण नगरपालिकाबाट ३०० युवा स्वयंसेवक परिचालन गरिनेछ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार