काठमाडौंः मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारतले दिने एमबीबीएस छात्रवृत्तिमा मुस्लिमलाई कोटा छुट्याउन माग गरेका छन् ।
नयाँ दिल्ली भ्रमणमा रहनुभएका अध्यक्ष अन्सारीले शनिबार भारतीय रक्षा मन्त्री राजनाथ सिंह र भारतको राष्ट्रिय अल्पसंख्यक कार्य मन्त्री मुखटार अब्बास नकबीसँगको भेटमा उत्तः माग गरेका हुन् । उनले नेपाललाई दिने छात्रवृत्तिमा मुस्लिमलाई पनि कोटा निर्धारण गर्न आग्रह गरेको जानकारी दिए ।
जवाफमा दुवै मन्त्रीले आफूहरु सकारात्मक रहेको बताउँदै सरोकारवालासँग छलफल गर्ने प्रतिबद्धता जनाए ।
अन्सारीका अनुसार दुवै मन्त्रीले नेपालमा मुस्लिम समूदायको उत्थान र विकासका लागि संवैधानिक आयोग गठन भएकोमा खुसी व्यक्त गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया