श्रावण ५, २०८२ सोमबार July 21, 2025

चौतारा अस्पतालमा पिसिआर मेसिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला सदरमुकामस्थित चौतारा अस्पतालमा कोरोना परीक्षण गर्न पिसिआर मेसिन आइपुगेको छ ।

वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा सो उपकरण ल्याइएको हो । अब स्वाब परीक्षणका लागि धुलिखेल जानुपर्ने  बाध्यता हटेको छ ।

बाँदर र बँदेलको आतङ्क

जिल्लाको इन्द्रावती गाउँपालिका– ५ का कृषक बाँदर र बँदेलको आतङ्कदेखि हैरान भएका छन् । लगाएको बाली दिउँसै बाँदरले खाएर हैरानी खेपिरहेका स्थानीय कुमार आचार्य दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुहुन्छ, “हामी त भोक भोकै मर्ने भयाँै, न राज्यले वास्ता गरेको छ, न  बाँदर र बँदेल धपाउनै सकेका छौँ । कसरी घर परिवार धान्ने ?”

किसान पारसनाथ आचार्यको पीडा पनि उस्तै छ । उहाँले भन्नुभयो “बाँदर र बँदेलकै कारण कृषिबाट पलायन हुने अवस्था नआउँला भन्न सकिन्दैन, भोकभोकै मरिएला जस्तो छ, परिवार धान्न धौधौ पर्ला जस्तो छ । अब कसरी, कहाँ, के गर्ने अन्योलमा छु । ”

बाँदर र बँदेलको आतङ्कबाट क्षति बेहोरेका विवरण गाउँपालिकालाई बुझाए पनि सहयोग नआएको पीडितको गुनासो छ । बाँदरबाट पीडित भएर आफू पटकपटक गाउँपालिका धाउँदा पनि कुनै प्रतिक्रिया नआएको  उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया