श्रावण ५, २०८२ सोमबार July 21, 2025

कोरोना कहरः नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोना भाइरस संक्रमणबाट आइतबार थप ५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार २ हजार ५ सय ४८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख १४ हजार ८ सय ७७ पुगेको छ । यसैगरी आइतबार नै थप २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ६ लाख ६९ हजार २ सय ९९ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अनुसार २४ घन्टामा नेपालमा १२ हजार ३ सय ७८ जनाको कोरोना परीक्षणमा २१ सय ३७ पिसीआर र ४११ एन्टिजन विधिबाट संक्रमण पुष्टि भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया