काठमाडौंः ६५ वर्ष माथिका जेष्ठ नागरिकलाइ आज पनि दोस्रो मात्रा खोप लगाइदै छ ।
काठमाडौं उपत्यका लगायतका आसपासका प्रदेशका कतिपय जिल्लाका जेष्ठ नागरिकहरुलाइ हिजोबाट दोस्रो मात्रा खोप दिन शुरु गरिएको हो ।
सरकारले दोस्रो मात्रा खोपको प्रतीक्षा गरिरहेका पाँचवटा प्रदेशका ज्येष्ठ नागरिकलाई लगभग साढे १० लाख आस्ट्राजेनेका खोप साउन मसान्तसम्म लगाइसक्ने जनाएको छ।
जापान र भुटानबाट प्राप्त भएका ती खोप प्रदेश १ र प्रदेश २ बाहेक अरू सबै प्रदेशमा पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै खोप लगाउने क्रममा अनावश्यक भिडभाड नगर्न र पहिलो मात्रा लिएको प्रमाण खुल्ने कागजपत्र सहित खोप केन्द्रमा आउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया