काठमाडौं । नेपाली बजारमा सुन/ चाँदीको मूल्य बढेको छ । मंगलबार सुन तोलामा २ सयले वृद्धि भएर ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजावी सुनको मूल्य पनि तोलामा २ सयले बढेर ७१ हजार २ सयमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।
आज चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया