श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टी – २० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ६ सय २४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

सो अवधिमा २० जनाको निधन भएको जनाउँदै मन्त्रालयले १ हजार ३ सय २० जना कोरोना संक्रमणमुक्त भएको पनि उल्लेख गरेको छ। सो अवधिमा कूल १३ हजार ५ सय ७३ को नमूना परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार अहिले पनि नेपालमा ३९ हजार ४ सय ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया