श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

सिन्धुपाल्चोक दुर्घटनाबारे छानबिन गर्न समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

आइतबार भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुलाई बोलाएर दुर्घटना दुर्घटनाको छानविन गर्न र न्यूनिकरणमा कदम चाल्न निर्देशन दिएका थिए ।

मंगलबार मन्त्रालयले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव राजेन्द्रराज शर्माको नेतृत्वमा समिति बनाएको छ । गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि समेत रहेको समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

मन्त्रालयले विगतमा भएका दुर्घटनाहरुको अध्ययन गरी कारण, न्यूनिकरण उपायबारे नीतिगत र संरचनागत सुधारबारे प्रतिवेदन बुझाउन अर्को समिति बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार