काठमाडौंः निर्वाचन आयोगले नेपालमा हाल वैधानिक रुपमा दर्ता कायम रहेका ९५ वटा राजनीतिक दलहरुको सूची सार्वजनिक गरेको छ । साथै कानुनी हैसियत समाप्त भएका ४१ राजनीतिक दलहरु भने दर्ता खारेजीमा परेका छन् ।
आयोगले सार्वजनिक गरेको सूचीमा हाल कानुनी रुपमा वैध रहेका ९५ दल छन् । तर लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदनलगायत कानुनले तोकेको मापदण्ड पालना नगर्ने ४१ वटा दल भने खारेजीमा परेका हुन् ।
आयोगले हाल कायम राजनीतिक दलहरुको नाम, पार्टीको चिह्न वा लोगो, चुनाव चिह्न, दर्ता नम्बर र सम्पर्क ठेगानासहितको विवरण सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको विवरणको पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी रहेको छ भने दोस्रोमा नेकपा माले र तेस्रोमा गान्धीवादी पार्टी नेपाल दर्ता भएका छन् । नेपालका प्रमुख दलहरु नेकपा एमाले नम्बर ३२ औँ नम्बरमा, नेपाली कांग्रेस ३८ औँ नम्बरमा, नेकपा माओवादी केन्द्र ३७ औँ नम्बरमा रहेका छन् ।
आयोगमा दर्ता कायम रहेका दलहरुले आफ्नो पार्टीको सम्पूर्ण आय–व्यय विवरण खुल्नेगरी लेखा राख्नुपर्ने, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखा परीक्षण गराई आयोगमा पेश गरिसक्नुपर्ने लगायत व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा रहेको छ। यी नियम लागु नगर्ने दललाई आयोगले ४५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गर्ने र दलहरुले स्पष्टीकरण पेश नगरी अटेर गरेमा दल दर्ता खारेज हुने व्यवस्था छ ।
आयोगमा हाल कायम रहेका दलहरूकाे सूची :
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया