कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

हामीले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ । – डा. दिनेश भट्टराई (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भारत स्वतन्त्र भएको ७५ बर्ष पुरा भएको छ, यो अवस्थामा तपाईँ नेपाल–भारत सम्बन्धको बारेमा के भन्न चाहानु हुन्छ ?

सबैभन्दा पहिले भारतले आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाईरहेको छ । यो अवसरमा म त्यहाँको सरकार, जनता हाम्रो मित्रहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । भारतीय जनताको उत्तरोउत्तर प्रगतिको कामना भन्न चाहन्छु । हामी नजिकका मित्र हौँ । भारतको स्वतन्त्रता संग्राममा नेपाली नेताहरुको पनि त योगदान छ । नेपालमा प्रजातन्त्रको सुरुवात भारतको स्वतन्त्रतासंगै हुन्छ । भन्ने हामीले देखेका छौँ । त्यसैले भारतले स्वतन्त्रता दिवस मनाईरहेको छ । त्यसमा हाम्रो पनि धेरै–धरै शुभकामना छ ।

त्यसोभए अब नेपाल–भारतको बीचमा सम्बन्ध कसरी अगाडि बढ्ला ?

नेपाल–भारत सम्बन्ध धेरै नजिकको सम्बन्ध हो । यो आँफैमा अनुपम सम्बन्ध छ । सरकारस्तर मात्रै नभएर जनस्तरको पनि सम्बन्ध छ । अब हामीले विगतबाट सिकेर भविष्यका सम्भावनाहरुलाई हेर्नुपर्छ र, हाम्रो जतिपनि समस्या छन । र, हाम्रा जतिपनि सम्भावनाहरु छन । ती सबैलाई हामी मिलेर दुई देशको बीचमा आपसी सम्मान आपसी सहयोगबाट हामीहरुले ती सबै कुरा हरुलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्छ ।

नेपालले स्वतन्त्र रुपमा विकास र प्रगति गर्नुमा भारतको कति हात छ ?

सरुदेखि नै भारत हाम्रो लोकतान्त्रिक यात्रामा भारतका सहयोग हामीले बिर्सन सक्दैनौँ । र, भारतले नेपालको लागि जुन सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग गरेको छ । त्यसलाई पनि हामीले बिर्सन सक्दैनौँ । भारतको सहयोग सुरुदेखिनै रहेको छ र यो सहयोग हामीलाई निरन्तर आवश्यक छ ।

नेपाल र भारत बीचमा धेरै समस्याहरु छन, नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीले शुभकामना त दिनुभएको छ तर ति समस्याहरुको समाधानतिर पहल भईरहेको छ ?

नयाँ सरकारको पहल अब सुरु हुन्छ । नेपालमा नयाँ सरकार भर्खर त आएको छ । प्रधानमन्त्रीज्युले संसद्मा भनिसक्नुभएको छ । हाम्रो पराष्ट्र नीतिको प्राथमिकता छिमेकीहरुबाट सुरु हुन्छ । हामी त्यसभन्दा बाहिर गएर साथीहरु जो हुनुहुन्छ । अमेरिका, युरोप यी सबै मुलुकहरुसंग हाम्रो ठुलो जनशक्तिले काम गरिरहको छ । ती सबै देशहरुसंग हाम्रो सम्बन्ध रहन्छ भनेर प्रधानमन्त्रीज्युले स्पष्ट पारिसक्नुभएको अवस्था छ । त्यसैले भारतसंगको सम्बन्ध हाम्रो अर्को छिमेकी र चीनसंगको सम्बन्ध हाम्रा प्राथमिकतामा पर्दछन् । हामीले प्राथमिकताका साथ हामीले यो सम्बन्धलाई समधुर र सद्भावपूर्ण राखेर हामीले आफनो विकास जनताको जीवनस्तर उठाउने कामतिर हामीहरु लाग्नुपर्दछ भन्ने मलाई लाग्छ ।

नेपाल–भारत बीच जनस्तरमा रोटी र बेटीको सम्बन्ध छ, तर सरकारको बीचमा किन सम्बन्ध राम्रो हुन सक्दैन् ?

राजनीतिक नेतृत्वमा खासगरी राजनीतिक तहमा समझदारी नभएको होईन, समझदारी छ । हामीले परराष्ट्र नीतिमा देखाउनुपर्ने, जुन प्रभावकारिता हो । जुन एउटा विश्वसनियता हो । त्यो कता कता हामीले विगतको केही समयमा दोहोरो मापदण्ड अपनाउँदा दोधारेपन देखाउँदाखेरि भन्ने एउटा अनि गर्ने अर्को कुराले गर्दा अलिकति तलमाथि भएको जस्तो देखिएको हो । अब हामी स्पष्टताका साथ अगाडि बढ्यौं भनेदेखि भारतसँग समस्या हुने म कुनै कारण देख्दिन् ।

त्यसोभए नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बीचमा केमेष्ट्री मिल्न सक्छ अब ? राजनीतिक र कुटनीतिक रुपमा अब दुई देशबीच सम्बन्ध सुमधुर रुपमा अघि बढ्छ त ?

आर्थिक र कुटनीतिक रूपमा हाम्रो बीचमा सम्बन्ध राम्रोसँग अघि बढ्नसक्छ । मैले अघिनै भनिसकेँ की हामीबीच सरकारीस्तरको मात्रै होईन, यो जनस्तरको सम्बन्ध पनि हो । यो व्यापार यो त धेरै तहमा छ नि । विद्यार्थी–विद्यार्थीको बीचमा सम्बन्ध छ । प्राध्यापक–प्राध्यापकको बीचमा सम्बन्ध छ । जनता–जनताकोबीचमा सम्बन्ध छ । हाम्रो सामाजिक–आर्थिक–राजनीतिक सबै किसिमको सम्बन्धले हामीलाई जोडेको छ । त्यसैले यो सबै तहको सम्बन्धलाई हामीले सुमधुर राखेर अगाडि बडायौँ भनेदेखि हामीले भारतसंगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेर हामीले काम गर्नुपर्छ । र, अहिलेको नेतृत्व प्रधानमन्त्रीज्युले संसद्मा यो कुरालाई स्पष्ट पारिसक्नु भएको छ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तिथिको घटबढले यस वर्ष तिहार ६ दिनको, मिथिलामा आज धनतेरस
२०८३ कार्तिक २०, शुक्रबार
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली तथा चितवन र पोखरा भिड्दै
२०८३ कार्तिक २०, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१.४७ रुपैयाँ
२०८३ कार्तिक २०, शुक्रबार
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८३ कार्तिक १९, बिहिबार