मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

अध्यादेशको बिरोधमा बाराकाे कलैयामा युवा संघको प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकारले ल्याएको अध्यादेशको बिरोधमा राष्ट्रिय युवा संघ बाराले बिरोध प्रदर्शन गरेको छ । बाराको कलैयामा युवा संघ बाराले अध्यादेशको बिरोधमा प्रदर्शन गरेको हो ।

अध्यादेश बिरुद्ध कलैयामा आयोजित बिरोध कार्यक्रममा र्याली निकालिएको थियो । र्यालीले कलैया बजार परिक्रमा गरेको थियो ।

र्यालीपछि आयोजित कोणसभामा बोल्दै नेताहरुले सरकारले यथाशिघ्र अध्यादेश फिर्ता लिनुपर्ने बताए । एमाले पार्टी फुटाउनकै लागी सरकारले अध्यादेश ल्याएको भन्दै नेताहरुले तत्काल गंभिर हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा युवा संघका केन्द्रिय सचिव मोमिन आलम, केन्द्रिय सदस्य तारा बस्नेत (हिरा), जिल्ला अध्यक्ष पुरुषोत्तम शाह, सचिव गणेश कोइराला, जिल्ला सदस्य तारा कार्की, नगर अध्यक्ष गौरब नेपाल, युवा नेता आरिफ हुसेन, ईश्वर थपलिया, शंकर पाख्रीन, सुक्र श्रेष्ठ, सुमित नेपाल, मनोज शाह लगायतको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
२०८३ मंग्सिर १, मंगलबार
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार