काठमाडौं: कलाकार शम्भुराज थापा ‘बखते’ को कोरोना संक्रमणबाट निधन भएको छ ।
तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए ।
थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।
उनले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थिए ।
उनी पछिल्लो समय प्रशारण हुँदै आएका ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’ लगायतका टेलिसियिरयलमा अभिनय गर्दै आएका थिए । ‘हल्का रमाइलो’मा काम गरेपछि उनी दर्शकमाझ ‘बखते’ चरित्रले चर्चित थिए ।
उनका श्रीमती, एक छोरी र एक छोरा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया