श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘काउन्सिलिङ’ हुनु त यस्तो पो !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपचारार्थ काठमाडौँ पुग्नुभएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ (परामर्श) बाट निकै प्रभावित हुनुभयो ।

सोह्र वर्षअघि नारायणगढका शहीदचोकमा प्रहरीको राइफलको कुन्दाले कुटिएर ढाडमा‘ट्युमर’ पलाएपछि उपचार गर्न उहाँ राजधानि छिर्नुभएको थियो । यसो त आफ्नै परिवारका सदस्य चिकित्सक भए पनि उहाँले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनुभएन । उहाँ ढाडमा पलाएको ‘ट्युमर’को शल्यक्रिया गर्न वरिष्ठ स्पाइनल सर्जन डा विनोद बिजुक्छेकामा पुग्नुभयो ।

उपचारपछि निको भएर चितवन फर्किनुभएका तिवारी डा बिजुक्छेका परामर्शको व्याख्या गरेर नसकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो “चितवनमा यस्तो परामर्श कहाँ पाइन्छ र ? काठमाडौँमा अरुले के गर्छन थाहा भएन, उहाँको परमर्श सबै चिकित्सकले सिक्नुपर्छ ।” ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल उपनिर्देशकसमेत रहनुभएका डा बिजुक्छे अस्पतालमा वरिपरि चिकित्सकीय समूहसँगै बिरामी र उनका आफन्त राखेर शल्यक्रियापूर्व एक घण्टा हाराहारीमा परामर्श गर्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “हामी साना ठूला जस्तोसुकै शल्यक्रियापूर्व बिरामीको अवस्थाका बारेमा पूर्णरुपमा परामर्श दिने गर्छाैं ।” उपचारमा गएका बिरामीलाई सबै कुरा बुझाउने चिकित्सकको कर्तव्य भएको उहाँको भनाइ छ ।

स्पाइनलसम्बन्धी ठूला शल्यक्रियाका लागि उहाँकहाँ बिरामी पुग्ने गर्दछन् । चिकित्सकका परामर्शमा कमजोर हुँदा अस्पतालमा धेरै समस्या आउने गरेको बताइएको छ । सामान्यत ः उठी उठी बिरामी र उनका आफन्तलाई दुई चार शब्द भनेर औषधि लेखी पठाउँदा बिरामी अन्यौलमा पर्ने गर्दछन् । शल्यक्रियापूर्व राम्रो परामर्श नदिँदा शल्यक्रियाका क्रममा दुर्घटना भएमा अस्पताल तोडफोडका घटनासमेत बढ्दो छ । राम्रोसँग परामर्श नपाउँदा औषधि लिएर घर जाने पूर्ण विश्वस्त भएर जान सकिरहेका हुँदैनन् ।

एउटै चिकित्सकले एकै दिन १०० भन्दा बढी बिरामी परीक्षण गर्दा कस्तो परामर्श हुन्छ ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । सरकारी अस्पतालमा थोरै चिकित्सकले धेरै बिरामी परीक्षण गर्नुपर्दा राम्रो परामर्श दिनै भ्याउँदैनन् । यसो त तिनै चिकित्सकले निजीमा पनि यस्तै व्यवहार गरेको गुनासो आउने गर्दछ । कतिपय चिकित्सक भने परामर्शलाई प्रमुख रुपमा लिने गर्दछन् । वरिष्ठ मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाईं बिरामी र उनका आफन्तलाई राम्रोसँग परामर्श गर्न नसक्दा अस्पतालमा दुर्घटना हुने गरेको बताउनुहुन्छ ।

धेरै चिकित्सकले बिरामी र आफन्तलाई रोगका बारेमा राम्रोसँग नबुझाउने गरेको स्वीकार्दै उहाँले भन्नुभयो, “जस्तोसुकै रोगका बिरामी भए पनि हामीले राम्रोसँग बिरामी र आफन्तलाई बुझाउनै पर्छ ।” बिरामीको अवस्था यो छ, उपचार पछि यो हुन्छ भनेर प्रष्ट पार्न नसक्दा बिरामी र आफन्त असन्तुष्ट हुने गरेको उहाँको बुझाइ छ । उहाँंले भन्नुभयो, “बिरामीले बुझ्ने भाषामा चिकित्सकले परामर्श गर्नुपर्छ । जति गर्नुपर्ने हो हामीले गर्न सकेका छैनौँ ।” उपचारका लागि लाग्ने खर्चदेखि हुनसक्ने जटिलताका बारेमा समेत बुझाउनुपर्ने उहाँको भनाइ छ ।

चितवन मेडिकल कलेजमा कार्यरत डा सेढाईं सबै रोगमा परमर्शको जरुरी रहेकामा जोड दिनुहुन्छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारी चिकित्सकले भ्याएर पुगेसम्म परामर्श दिने गरेको दावी गर्नुहुन्छ । सरकारी अस्पतालमा धेरै बिरामी हेर्नुपर्दा पर्याप्त परामर्श दिन नसकिएको भने उहाँको स्वीकारोक्ति छ । परामर्श मात्रै होइन, धेरै कुराको अभाव सरकारी अस्पतालमा हुने गरेको अधिकारी बताउनुहुन्छ । बुद्धिजीवी प्रेम रिमाल उपचार जीवन र मरणसँग सवाल भएकाले परामर्श राम्रो दिनुपर्ने बताउनुहुन्छ ।

युरोप, अमेरिकालगायतका देशले परामर्शलाई बढी जोड दिने गरेको भन्दै उहाँले भन्नुभयो, “यहाँको परामर्श कमजोर छ, चिकित्सकले मैले भनेपछि के भन्नुप¥यो भनेर बिरामीसँग भन्ने गर्दछन् ।” पुराना र गनिएका चिकित्सकको परामर्श कमजोर भएको भन्दै उहाँले नयाँ पुस्तामा परामर्शको विकास हुँदै गएको पनि बताउनुभयो । परामर्शलाई चिकित्सकले दायित्वका रुपमा लिनुपर्ने उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार