मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

भाजपाका विदेश विभाग प्रमुखसमेत रहेका चौथाइवाले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन्।

भेटमा नेपाल–भारत सम्बन्ध र पार्टी–पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे छलफल भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन्।

चौथाइवालेले यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र सोमबार एमाले अध्यक्ष केपी ओलीसँग पनि भेट गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया