असार ५, २०८३ शुक्रबार June 19, 2026

१० बुँदे कार्यान्वयन पनि हुँदैन र एकताको सम्भावना पनि छैन । : राजेन्द्र पाण्डे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सहमतिको कोसिस गरिरहेका नेताहरूले एकताका लागि दल दर्ता प्रक्रियाबाट पछाडि हट्न माधव नेपालसहितका नेताहरूलाई आग्रह गर्नुभएको छ । अगाडि बढ्नुहुन्छ कि ‘ब्याकगियर’को ठाउँ छ ?

अब फर्किने कुनै कतै ठाउँ छैन । हुन्थ्यो भने हामी आज यो अवस्थामा आइपुग्ने नै थिएनौँ । अब उहाँहरूको बाटो छुट्टै र हाम्रो बाटो छुट्टै भइसक्यो । उहाँहरू ओलीजीकै बाटोमा हिँड्न चाहनुभयो ।

उता १०बुँदे सहमति कार्यान्वयन गर्ने गरी ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ नि ? 

त्यो त हामी पनि हेर्दै जाऔँला नि ! उहाँहरूको स्थायी कमिटी बस्ने, निर्णय गर्ने, कार्यान्वयन गर्ने र त्यसले त्यो पार्टी जोगिने कुरा कसरी हुँदोरहेछ । सीधा कुरा के हो भने त्यो १०बुँदे कार्यान्वयन पनि हुँदैन र एकताको सम्भावना पनि छैन ।

दल दर्ताका लागि दिनुभएको निवेदनअनुसार बुधबार निर्वाचन आयोगले सनाखत गर्दै छ । तपाईंहरूको तयारी के हुँदै छ ?

हाम्रोतर्फबाट सनाखतमा उपस्थित हुनुपर्ने सबै साथीहरू तयार हुनुहुन्छ । आयोगले बोलाएको समयमा सनाखतका लागि हामी उपस्थित हुन्छौँ ।

तपाईंहरूलाई साथ दिने केन्द्रीय सदस्यहरूको संख्या घटेकोघट्यै छ ? आयोगमा सनाखत जानेवेलासम्म २० प्रतिशत पनि पुग्दैनन् भन्ने एमालेका नेताहरूको दाबी छ । तपाईंहरूसँग केन्द्रीय कमिटीमा र संसद्मा संख्या कति हुन्छ ? 

सनाखत गर्दा हाम्रा ३० प्रतिशत सांसद र केन्द्रीय सदस्य उपस्थित हुनुहुन्छ । कसले के दाबी गर्छ भन्ने कुरा अलग हो, कति उपस्थित हुन्छन् भन्ने त्यही वेला थाहा हुन्छ।

अचानक चन्द्रागिरितिर लाग्नुभएछ, आफ्नो नेता चोरिन्छन् भन्ने डर भएर हो कि ? 

निर्वाचन आयोगमा प्रस्ताव गरिएको केन्द्रीय समितिको बैठक बस्न हामी यहाँ आएका छौँ । यो बैठकले आयोगमा पेस गरेका दस्ताबेजहरू विधान, घोषणापत्र, नियमावली आदिमा छलफल गर्छौँ । यसमा हामीले केपी ओली र हामीबीचमा के फरक छ भनेर छलफल गर्छौँ । यो बुधबार बिहानसम्म चल्छ । त्यसैका लागि हामी यहाँ आएका हौँ ।

तपाईंहरूकै समूहमा रहेका, तर निर्णायक चरणमा साथ नदिएका नेताहरूलाई केही सन्देश छ कि ?

उहाँहरू अहिले पनि ओलीजीले काम गर्नुहुन्छ भन्ने भ्रममा हुनुहुन्छ । त्यो भ्रममा नपर्दा राम्रो हुन्छ । हिजोदेखि नै हामीसँग रहनुभएको र विचार समूह पनि एउटै भएको हुनाले हामीसँग आउनु उहाँहरूका लागि राम्रो हुन्छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व रक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय
२०८३ असार ५, शुक्रबार
सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह
२०८३ असार ५, शुक्रबार
बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले
२०८३ असार ५, शुक्रबार
रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार
२०८३ असार ५, शुक्रबार
रवि लामिछानेमाथिको सङ्गठित अपराधको अभियोग हट्यो, सहकारी ठगी मुद्दा यथावत्
२०८३ असार ५, शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार