मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेपाल र ठाकुर पक्ष पार्टी सनाखतका लागि निर्वाचन आयोगमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एमालेका असन्तुष्ट नेताहरुको प्रस्ताबित पार्टी नेकपा एकीकृत समाजवादी र जसपाको असन्तुष्ट नेताहरुको प्रस्ताबित पार्टी  लोकतान्त्रिक समाजवादी पार्टी सनाखतका लागि निर्वाचन आयोगमा पुगेका छन् ।

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका दुवै पार्टीलाई आज बुधबार सनाखतका लागि बोलाएको थियो । आयोगले दुबै दललाई सनाखतका लागि अढाइ घण्टा समय निर्धारण गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बिहान ११:३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकिएको छ । आयोगले भौतिकरुपमा उपस्थित हुन भनेपछि दुवै पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका हुन्।

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया