श्रावण ६, २०८२ मंगलबार July 22, 2025

फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि भरतपुर अस्पतालको फार्मेसीमा भने आधा औषधि पनि पाउन सकिँदैन । अस्पतालको फार्मेसी व्यवस्थित हुन नसक्दा यो समस्या आएको हो ।

एक महिनाअघिसम्म अस्पतालमा फार्मेसी पढेकालाई व्यवस्थापनको जिम्मा दिनुपर्ने भन्दै आन्दोलन नै भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल ४१९ प्रकारका औषधि मात्रै रहेका छन् । उहाँका अनुसार साउन ६ गते फार्मेसीको स्टोरमा बीमाका औषधि २४४ प्रकारका मात्र रहेका थिए । अहिले औषधि विस्तारै बढाउँदै लगिएको हो ।

अस्पतालले औषधिको माग पूर्तिका लागि गत माघ मसान्तमा ९२२ प्रकारका औषधि र २६९ प्रकारका सर्जिकल सामग्रीको ठेक्का सम्झौता गरेको थियो । औषधि ल्याउनका लागि १० वटा संस्था र सर्जिकल सामान ल्याउन छवटा संस्थासँग सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि ठेकेदारले औषधि समयमा ल्याउन नसक्दा समस्या आएको फार्मेसीका एक कर्मचारी बताउँछन् । उहाँका अनुसार अहिले फार्मेसी स्टोरले ६०० प्रकारका औषधि माग गरिरहेको छ । माग गरिएका औषधि ४५ प्रतिशत मात्रै आउँदा बिरामीले पाउन नसकेको उहाँको भनाइ छ ।

अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार समयमा औषधि नल्याउने ठेकेदार कम्पनीलाई आदेश गरेको समयभित्र नल्याएको भन्दै पत्राचारसमेत गरिएको छ । ठेक्का साकार गरेर समयमा औषधि नल्याउने महेश मेडिसिन, मेडसेन्स फर्मा, सागर मेडिकल हल, डिजिटल फार्मेसी, पायनियर मेडिसिन स्टोर्स, मेडिक्राफ्ट हेल्थ इनोभेसनलाई ताकेता गरिएको उहाँले जानकारी दिनुभयो ।

इनोभेसन सर्जिकल सामग्री ल्याउने संस्था हो । बीमामार्फत औषधि पाइने भन्दै लामो लाइनमा बस्ने सेवाग्राही काउन्टरमा पुुग्दा औषधि नपाएपछि रित्तो हात फर्किनुपरेको छ । अस्पतालको मुख्य आम्दानीको स्रोत बनेको बीमा कार्यक्रमप्रति ध्यान नदिँदा अस्पतालको आम्दानी मात्रै गुमेको छैन, सेवाग्राही प्रत्यक्षरुपमा मर्कामा परेका छन् । पछिल्लो समय मेडिकल सुपरिटेन्डेन्ट स्थायित्व नहुँदा अस्पतालका सबै विभाग कमजोर बन्दै गएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले फार्मेसीमा आवश्यक औषधि व्यवस्था गर्न भनिएको भए पनि हुन नसकेको स्वीकार्नुुभयो । के कति कारणले हुन नसकेको हो अनुुगमन गरिने उहाँको भनाइ छ । यो सङ्घीय अस्पताल हो । छ सय शय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार