काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ ।
देशभरमा पछिल्लो २४ घण्टामा २ हजार २२२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १० हजार ४५२जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।
आज थप २७ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया