श्रावण ६, २०८२ मंगलबार July 22, 2025

माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा स्वास्थ्य एकाइ भवन निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विदेशी दाताको सहयोग र तेमाल गाउँपालिकाको पहलमा वडा नं ४ माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ । तीनकोठे सो भवन बनाउन इटलीका अम्बु गेब्रियले रु १५ लाख ६६ हजार, फ्रान्सका मौरिस डुचेनले रु चार लाख ५३ हजार, फ्रान्समा रहेका जनक लामाका पहलमा क्लेमेन्स लाभरग्ने जामजाम नमस्ते संस्थाले रु नौ लाख २० हजार तथा अमेरिकामा रहेका शङ्कर लामाबाट रु एक लाख प्राप्त भएको थियो ।

एशोसिएजोन कल्चरले इन क्यामिनो जेनोभा इटली, जामजाम नमस्ते फ्रान्स र इन्टरनेशलन सेन्टर फर द एक्सप्लोरेसन अफ द हिमालयज फ्रान्सले सो भवन निर्माणमा विशेष सहयोग गरेका थिए । साथै दाताका सहयोगमा शय्या, अक्सिजन कन्सनट्रेटर र फर्निचरसमेतका सामग्री उपलब्ध गराइएको सहयोग जुटाउन सक्रिय स्थानीय पर्यटन व्यवसायी राजेश लामा तामाङले जानकारी दिनुभयो ।

भवन निर्माणमा स्थानीय जनश्रमदानसमेत जुटाइएको छ यसअघि वडा र गाउँपालिकाले प्रारम्भमा रकम उपलब्ध गराएका थिए । भवन बनाउन नौ आना जग्गा स्थानीय विष्णुलाल श्रेष्ठले निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

एउटा सिटामोल नपाउने र सानो उपचारका लागि सहर धाउनुपर्ने भौगोलिकरूपमा दुर्गम तेमालको माहुरेभञ्ज्याङ क्षेत्रमा राज्यले दिने स्वास्थ्य सुविधा पाउँदा आफूहरु निकै खुशी भएको स्थानीयवासीले बताए । “गाउँमा बस्ने वातावरण बनाउन स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा जोड दिनुपर्छ, यहाँको स्वास्थ्य संस्थाको संरक्षण र सञ्चालनमा निरन्तर आवश्यक सहयोग अझै जुटाउँदै जान्छौ”, सहयोग संयोजन गर्नुभएका राजेशले भन्नुभयो ।

सो भवनको गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङ र फ्रान्सका मौरिस डुचेनले शनिबार शुभारम्भ गर्नुभयो । गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने अभिप्रायले सो एकाइमा एक स्वास्थ्य सहायक, एक अनमी र एक कार्यालय सहयोगीसहितको जनशक्ति र औषधिको प्रबन्ध गरी तत्काल सेवा सुरु गरिने गाउँपालिकाका अध्यक्ष सलामसिंहले बताउनुभयो । उहाँले दुर्गम बस्तीका बासिन्दाले जागरुक भएर सेवा लिनुपर्छ भन्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले बस्ती र भूगोलले टाढा भए पनि घरआँगनबाट सेवा दिनुपर्छ भनेर उक्त स्वास्थ्य एकाइ स्थापना गरिएको तर पूर्वाधार, जनशक्ति भएपछि स्थानीयवासी सेवा लिन नआए सुविधा कटौती हुनसक्छ भन्नुभयो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत केदार ढकाल, उपभोक्ता समितिका अध्यक्ष इन्द्रजीत लामा, वडा स्वास्थ्यचौकीका इन्चार्ज चन्द्रध्वज लामा, चन्द्रसिंह तामाङ, सिद्धिबहादुर श्रेष्ठ र पेमा दोर्जे लामालगायतले सानो उपचार गर्न कठिन हुने दुर्गम बस्तीमा स्वास्थ्य सेवा उपलब्ध गराइनु सराहनीय कार्य भएको धारणा राख्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार