मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रदेशसभा १० जना सदस्यले (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित १० जना सदस्यले आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गराएका छन् । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले एमालेबाट निर्वाचित १० प्रदेशसभा सदस्यले आज कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गराएका जानकारी दिए ।

“सनाखत गराउन सक्ने अधिकार प्रदेश निर्वाचन कार्यालयलाई दिइए पनि कुन सदस्यले सनाखत गरेको भनेर नाम खुलाउन नमिल्ने निर्देशन आयोगको छ”, कार्यालयका प्रमुख भट्टले भने । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक  विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्टले सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

यसैगरी प्रदेशसभा सदस्य सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, राज्यमन्त्री अर्चना गहतराज र कञ्चनपुर एमालेका अध्यक्ष एवं प्रदेशसभा सदस्य तारा लामा तामाङको आज कागजात नपुगेकाले उनीहरुले भोलि सनाखत गराउने मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

“कुनै पनि पार्टी विचार, नीति, सिद्धान्तले चल्छ”, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री जोशीले भनिन्, “कम्युनिष्ट आन्दोलन जोगाउन हामीले नयाँ पार्टी खडा गर्नुपरेको हो ।” आन्तरिक मामिला तथा कानुनमन्त्री जोशी र पूर्वमन्त्री भट्ट एकीकृत समाजवादीको केन्द्रीय सदस्य छन् । प्रदेशसभामा विभिन्न दलबाट निर्वाचित ५२ सदस्य रहेका छन् ।

प्रदेशसभामा सभामुखसहित २५ जना सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का उपसभामुखसहित १३, नेपाली कांग्रेसका १२ र साविक राष्ट्रिय जनता पार्टीका दुई सदस्य रहेका छन् । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार