मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सभामुख सापकोटा विरुद्धको मुद्दा संवैधानिक इजलासको पेशी सूचीमा राखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासको पेशी सूचीमा राखिएको छ ।

बुधबार पेशीमा चढाइएको मुद्धाको फैसला प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीशले गर्ने भनिएको छ ।

यसअघि पनि पटक पटक उक्त मुद्धा पेशीमा चढाइए पनि फैसला हुन सकेको छैन । यसअघि २०७८ वैशाख ८ मा पनि  यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

१६ वैशाख २०६२ मा अपहरणमा परेका लामालाई खाल्डो खनेर ज्युँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा सर्वाेच्च अदालतमा उजुरी दर्ता गरेकी थिइन् ।

तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राखेको थियो । त्यसपछि पनि पुनः पूर्णिमाया न्याय माग्न सर्वोच्च गइन्।

तर, मुद्दा विचाराधीन रहेकै अवस्थामा सापकोटा सञ्चारमन्त्री बने । त्यसपछि कनकमणि दीक्षितलगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार