श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नगर अस्पतालद्वारा अक्सिजन उत्पादन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा नगर अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सामाजिक विकास मन्त्रालय र चौधरी ग्रुपको आर्थिक सहयोगमा नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी उत्पादन सुरु गरेको हो ।

नगर प्रमुख देवकुमार सुवेदीले अस्पतालबाट परीक्षण उत्पादनसमेत भइसकेको जानकारी दिए । “प्लान्ट जडान र परीक्षण उत्पादन सफल भयो, चौबिस घण्टामा १५० देखि १७० थान सिलिन्डर भर्न सकिनेछ”, उनले भने, “अब अक्सिजन अभावको समस्या रहँदैन, यहाँबाट फ्युलिङ गरेर अन्य जिल्लामा पठाउन सहज हुनेछ ।”

कोभिड–१९ को दोस्रो लहरको सुरुआती दिनमा कर्णाली प्रदेशमा अक्सिजनको चरम अभाव भएको थियो । जसले गर्दा अक्सिजन दिनुपर्ने श्वासप्रश्वासमा समस्या देखिएका गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या भएको थियो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले नयाँ जडान थालिएका र पुराना गरी कर्णालीमा २० अक्सिजन प्लान्ट स्थापना हुने जनाएको छ । तीमध्ये ११ ठूला र नौ साना प्रकृतिका छन् । ठूला ११ प्लान्टमध्ये रुकुमपश्चिम र कालीकोटमा मात्र नयाँ प्लान्ट जडान भई सञ्चालनमा ल्याइएको छ भने अन्य क्षेत्रमा जडानकै क्रममा छन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले अधिकांश अस्पतालमा अक्सिजन प्लान्ट जडान तथा सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । प्रदेश अस्पताल सुर्खेतमा थप दुई वटा अक्सिजन प्लान्ट निर्माणको तयारी थालिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार