मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पाल्पा-बुटवल सडकखण्ड आज साँझ ७ बजेदेखि भोली बिहान ६ बजेसम्म बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा सवारी रोकेरै पहिरो सफा गरिंदैछ । गत आइतबार पहिरो खसेर पटक पटक अवरुद्ध हुँदै आएको तानसेन नगरपालिका –८, को तल्लो डुम्रेमा हिजोबाट पहिरो हटाउन शुरु गरिएको हो ।

पहिरो पन्छाउनका लागि आज बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म पनि बाटो बन्द हुने भएको छ । दुईतर्फी रुपमा सवारी सञ्चालन गर्नका लागि पहिरो हटाउन एम्बुलेन्स बाहेकका सबै सवारी रोकेर काम गरिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो ।

दिनको समयमा धेरै यात्रुको चाप हुने रातको समयमा पहिरो पन्छाउने काम गर्न लागिएको पनि स्थानीय प्रशासनले जनाएको छ । सो सडकखन्ड पहिरोका कारण तीन दिनसम्म सडक अवरुद्ध भएको थियो । पहिरोले एक घर पुरेको र चार घरमा क्षति पुर्‍याएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार