मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सीमा क्षेत्रमा नेपाल-भारतका सुरक्षाकर्मीहरूको संयुक्त गस्ती सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य सुरु गरेका छन् ।

आउँदै गरेका विभिन्न चाड पर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य सुरु गर्दै आएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियकवर) का इन्चार्ज दान बहादुर विष्टले जानकारी दिनुभयो  ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगरको नेपाल–भारत सीमा क्षेत्रको पिलर नम्बर ७९५/१७ देखि ७९६/१८ सम्म सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दशगजा क्षेत्रमा संयुक्त गस्ती गर्ने गरेका छन् । सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रण सँगै सीमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्ती गर्दै आएको दुवै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् । चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवत जावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको बताइएको छ ।ने

नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा एक आपसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनीहरूले बताएका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियकवर) का इन्चार्ज  विष्ट र भारतको तर्फ देखि भारतीय सीमा सुरक्षा बल (एसएसबी) कम्पनी हेडक्वाटर नौजलिया (उत्तर प्रदेश) का एरिया कमाण्डर शक्ति प्रसाद उन्यालको टोली रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार