काठमाण्डौंः सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गराउन माग गर्दै रिट निवेदन दायर गरेका छन् ।
प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ । रिट निवेदनमा उक्त विवाद किनारा नलागेसम्म नेकपा (एमाले)ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया