श्रावण ६, २०८२ मंगलबार July 22, 2025

खाली पेटमा के खाने के नखाने ? यस्ता छन् विज्ञका सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खानपिनको सिधा सम्बन्ध मानवको स्वास्थ्यसँग जोडिएको हुन्छ । सामान्यतया मानिसहरु खानपिनमा ध्यान दिने गर्दैनन् । अझ घरायसी र बाहिरी काममा उत्तिकै सक्रिय हुने महिलाहरुले स्वस्थकर खानामा ध्यान दिनुपर्ने हुन्छ ।

साधारणतया धेरै मानिसहरु बिहानै खालि पेटमा कुन खाना खान हुने वा नहुने भन्नेमा अल्मलिएका पाइन्छन् । कतिपय अवस्थामा गलत खानेकुराको सेवनले शरीरलाई स्वस्थ बनाउनु भन्दा खराब बनाउँदै लाने खतरा रहन्छ । यस्तोमा खाना खाने समयको ज्ञान हुनु हितकारी हुन्छ ।

विशेषगरी बिहान खाली पेटमा खान हुने र नहुने खान्कीहरुको यहाँ चर्चा गरिएको छ ।

खाली पेटमा खान उपयुक्त हुने:

मेथी

राती भिजाएको मेथी बिहान खाली पेटमा पानीसँग सेवन गर्नु स्वस्थकर हुन्छ । महिला र पुरुषलाई पनि उत्तिकै फाइदा पुग्ने मेथीले विशेषगरी महिलाहरुको लागि बढि लाभदायक रहेको मानिन्छ । मेथीको प्रयोगबाट पेट र हाडजोर्नीको समस्या कम हुने बताइन्छ ।

स्याउ

खाली पेटमा एउटा स्याउ खानु उपयुक्त हुने सुझाव सामान्यतया धेरै स्थानमा दिइने गरेको छ । बिहानको समय एउटा स्याउको सेवनले शरीरलाई आवश्यक उर्जा प्रदान गर्ने बताइन्छ । स्याउबाट शरीरले भिटामिन सी, एन्टीअक्सीडेण्ट र फ्लेवोनाइड पदार्थ पाउने भएकोले यसको सेवन गर्न चिकित्सकहरुले पनि सुझाव दिने गरेका छन् ।

लसुन

लसुनले प्राकृतिक एन्टीबायोटिकको रुपमा काम गर्ने बताइन्छ । लसुनमा रोग प्रतिरोधी क्षमता बढाउने, एन्टीभाइरल र एंटीफंगल गुण हने बताइन्छ । यी गुणको कारण मानिसहरु बिरामी हुनबाट बच्न सक्छन् । बिहान एउटा लसुनको पोटी खानु स्वास्थको लागि फाइदाजनक छ । यसको प्रयोग कहिलेकाहीं मात्र गर्नुपर्छ, अधिक प्रयोग गर्दा यसले अन्य रोगको कारण बन्न सक्ने कुरामा शतर्क रहन विज्ञहरुले सुझाएका छन् ।

ज्वानो पानी

ज्वानोले खानाको स्वाद बढाउने मात्र नभएर यसले मानिसको पाचनक्रिया तन्दुरुस्त राख्छ । दैनिक १ गिलास ज्वानो पानीले शरीरको अनावश्यक वजन घटाउन सहयोग गर्दछ । विशेषगरी महिलालाई ज्वानोको प्रयोगले मधुमेहको सम्भावना कम गर्ने बताइन्छ । स्वस्थ शरीर र मुटु सम्बन्धी रोगबाट बच्न ज्वानो पानी खानु उपयुक्त हुने चिकित्सकले बताएका छन् ।

खाली पेटमा खान नहुने:

चिया र कफि

बिहान उठ्ने वित्तिकै चिया वा कफि पिउने बानी स्वास्थ्यको लागि लाभदायक नहुने बताएको छ । चिया तथा कफिमा एसिड धेरै मात्रामा हुने हुँदा पेट दुख्ने, ग्याँस भरिने जस्ता अवगुण हुन्छन् ।

अझ खाली पेटमा यस्ता चिया तथा कफिको सेवनले अल्सर नै हुने खतरा रहन्छ । चिया तथा कफिमा हुने क्याफिनको कारण यस्तो खतरा हुने बताईएको छ । यसको विपरित बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउँदा स्वास्थ्यको लागि लाभदायी हुनेछ । त्यसपछि चिया तथा कफि सेवन गरेमा तुलनात्मक रुपमा कम असर पर्ने बताएको छ ।

गोलभेंडा

विश्वभर नै गोलभेंडाको प्रयोग बढि हुने गरेको छ । गोलभेंडामा कतिपय गुण भएतापनि खाली पेटमा यसको सेवनले पेटलाई नराम्रो असर गर्ने बताइन्छ । यसको प्रयोग बढि हुँदै गएमा पित्तथैली तथा किड्नीमा पत्थर जम्ने समस्या शुरु हुन सक्ने चिकित्सकले बताएका छन् । सोही कारण गोलभेंडाको प्रयोग कम गर्न र खाली पेटमा खाँदै नखान सुझाइन्छ ।

सुठुनी

सुठुनीको प्रयोग बिहान गर्नु हुँदैन । बिहान सुठुनी खाँदा स्वास्थ्यमा नकारात्मक असर पैदा गर्छ । सुठुनीमा पेक्टिन, टेनिनको मिश्रण हुन्छ । यसले ग्याष्ट्रिक एसिड, पेटमा र टाउकोमा दुःख दिन्छ ।

केरा र दही

खाली पेटमा केरा, दहिको प्रयोगले  स्वास्थमा नकारात्मक असर पु¥याउने बताएको छ। केरामा मेग्नेशियम धेरै मात्रामा हुन्छ । खाली पेटमा दहिको सेवनले पेट दुख्ने समस्या आउने उल्लेख गरिएको छ । खाली पेटमा यी वस्तुको प्रयोगले शुलको समस्या पनि देखिने छ।

मानव शरीर स्वस्थ रहन खानपानमा विशेष ध्यान दिनु जरुरी छ । संयमित भएर सहि खाद्यान्नको सेवनले दीर्घजीवन बाँच्न सकिने भएकोले बेलैमा सचेत हुन चिकित्सकहरु सुझाव दिन्छन् । (एजेन्सी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार