बैसाख २२, २०८३ मंगलबार May 5, 2026

एकलौटी रूपमा गरिएको अधिवेशनबाट आएको नेतृत्व स्वीकार्य हुँदैन – कर्णबहादुर मल्ल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली काँग्रेस १४ औँ महाधिवेशनमा होमिएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न पनि भएको छ । तर सभापति शेरबहादुर देउवाको गृह जिल्लामा के को लफडा हो ? तपाईंले अधिवेशन किन बहिस्कार गर्नुभयो ?

– सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापतिज्यूप्रति डडेल्धुरावासीको अगाध माया र आदर थियो । जसबाट उहाँ आज सर्वोच्च शिखरमा पुग्नु भएको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व बनेको छ । त्यसप्रति गौरवान्वित छौँ । तर दुःखद कुरा, उहाँले प्रधानमन्त्री र पार्टी सभापतिको ताकत प्रयोग गरेर डडेल्धुरामा अधिवेशन सुरु गर्नु भएको छ ।

निर्वाचन अधिकृतलाई सुरक्षाकर्मीको घेराभित्र राखेर एउटा होटलमा एउटा समूहको सल्लाहमा अधिवेशनको प्रक्रिया अगाडि बढेको छ । सुदूरपश्चिम प्रदेशभरिका सशस्त्र प्रहरी बल हरेक वडामा २५–३० जनाको दरले डडेल्धुरामा खटाइएको छ । उहाँले एकतर्फी ढङ्गले अधिवेशन अगाडि बढाउनु भएको छ ।

अब कति सक्नुहुन्छ ? निर्वाचनका सामग्री सुरक्षाकर्मीमार्फत पठाइएको छ । जिल्ला ५२ वटा वडामा कहीँ पनि अधिवेशन अगाडि सार्वजनिक सूचनासमेत जारी गरिएको छैन ।

डडेल्धुराको केसमा निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएको कुरा आएको छ । यहाँ कस्तो अधिवेशन भइरहेको बेला आफै अनुमान लगाउन सकिन्छ । उहाँले केन्द्रबाट सभापतिको उम्मेदवार तोक्नुभएको छ भने जिल्लाबाट पठाइएका ५ बढी क्रियाशील सदस्यको नाम काटेर ३१४ जना मान्छे थपेर पठाउनु भएको छ ।

क्रियाशील सदस्यलाई कुनै पनि अपिल नगरीकन, पार्टीलाई कुनै जानकारी र समन्वय नगरी अधिवेशन अगाडि बढाइएको छ । जुन तहको अधिवेशन गर्ने हो, त्यो तहको सभापति नेतृत्वको कार्यसमितिसँग परामर्श गरेर मात्र अधिवेशन गर्ने भन्ने नेपाली काँग्रेसको निर्वाचन निर्देशिकामै लेखिएको छ । त्यो व्यवस्थालाई उल्लङ्घन गरेर क्रियाशील सदस्यता विवादका बाबजुद अधिवेशन गरिएको छ । यहाँ खटिएका निर्वाचन अधिकृतले एउटामात्र समूहको सल्लाह अनुसार गर्ने निर्वाचन कस्तो होला ? तपाईंहरु सहजै अनुमान गर्न सक्नुहुन्छ । आज हामी निकै स्तब्ध छौँ, दुःखी छौँ । हामीले जसलाई आफ्नो आमा बुवाभन्दा पनि उच्च दर्जामा राखेर आदर ग–यौँ । डडेल्धुराको तीनचार पुस्ताले शेरबहादुर देउवाको राजनीतिक व्यक्तित्वबाट प्रभावित भएर राजनीतिमा होमिएका थिए । तर उहाँ नै पार्टी सभापति र मुलुकको प्रधानमन्त्री भएका बेला एउटा गुटको पूर्ण संरक्षक भएर अधिवेशन गराइराख्नु भएको छ ।

लोकतन्त्रका मूल्य मान्यता र दलको आन्तरिक राजनीतिमा गरिएको यो तहको हस्तक्षेप र निरंकुशतावादी शैली दुनियाँमा कहीँ हुँदैन होला । म काँग्रेसको नवौँ महाधिवेशनदेखि १३ औँ महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधिको हैसियतले सहभागी हुँदै आएको छु । यस्तो अहिलेसम्म कहीँ पनि भएको छैन । अहिले उहाँले आफ्नो जिल्लामा गराइराख्नु भएको छ ।

डडेल्धुराको केसमा निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएको कुरा आएको छ । यहाँ कस्तो अधिवेशन भइरहेको बेला आफै अनुमान लगाउन सकिन्छ । उहाँले केन्द्रबाट सभापतिको उम्मेदवार तोक्नुभएको छ भने जिल्लाबाट पठाइएका ५ बढी क्रियाशील सदस्यको नाम काटेर ३१४ जना मान्छे थपेर पठाउनु भएको छ ।

गत स्थानीय तहका निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएकाको नवीकरण गरिएको छ । आधिकारिक उम्मेदवार भएकाको नाम काटिएको छ । वडा अध्यक्षले पठाएको क्रियाशील सदस्यता सदर गरिएको छ भने वडा अध्यक्ष स्वयंको सदस्यता भने बदर गरिएको छ । यसलाई टुङ्ग्याएर मात्र अधिवेशनमा आउँ भनेर वडा अधिवेशन स्थगित गरेका हौँ । त्यस निर्णयमा हामी अहिले पनि अडिग छौँ । मैले सबै साथीहरूलाई यो अधिवेशनमा नजान आग्रह गरेको छु । गइहाले पनि अधिवेशनमा भाग नलिन हामीले साथीभाइहरूलाई अपिल गरेका छौँ ।

तपाईंको विरोधकाबीच अधिवेशन भइसकेको छ । अब के गर्नु हुन्छ ? कि अर्को अधिवेशन गरेर समानान्तर कमिटी बनाउनुहुन्छ ? तपाईंको तयारी के छ ?

–  समानान्तर कमिटी किन बनाउने ? म पार्टीको वैधानिक सभापति हो । मलाई पदस्थापन गर्नका लागि वैधानिक रूपमा अर्को सभापति आउनुपर्छ । अहिले केन्द्रमा शेरबहादुर देउवा सभापति हुनुहुन्छ । केन्द्रीय सभापतिज्यूको उपस्थितिविना भोलि १४ औँ महाधिवेशन सम्पन्न गरेर कुनै मान्छेलाई सभापति घोषणा ग¥यो भने त्यो वैध हुन्छ ? यदि त्यो वैध हुन्छ भने यो पनि वैध हुन्छ । ज्ञानेन्द्रको शासनकालमा कमल थापाले निर्वाचन गराएका थिए । जबसम्म ज्ञानेन्द्रको शासन थियो, तबसम्म ती पनि वैध थिए । यहाँ पनि त्यही होला ।

हामी यसका खिलाफमा निर्वाचन आयोग, अदालत र जनताकाबीचमा जान्छौँ । हामीसँग यो बाहेक के विकल्प हुन्छ ?

जिल्लाको ४३ वडामा उहाँहरुले तलबाट पठाइएको मान्छेको नाम छानी छानी काट्नु भएको छ । कुन वडामा कति मान्छेलाई थपेर आफू चुनाव जित्न सकिन्छ भनेर सङ्ख्यात्मक रूपमा थपिएको छ । शेरबहादुर देउवाजीले तोक्नु भएको डडेल्धुराको जिल्ला सभापतिको उम्मेदवार भीमबहादुर साउद अति नै योग्य हुनुहुन्छ । उहाँको व्यक्तित्वप्रति मेरो आग्रह र पूर्वाग्रह केही छैन । तर उहाँले आफ्नो वडामा ८४ जना क्रियाशील सदस्य थपेर आउनु भएको छ ।

जिल्लाभर सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गर्दा तपाईंले किन अस्वीकार गर्नुभयो ? तपाईंका कारण जिल्लामा यस्तो अवस्था आएको भनिन्छ नि ?

– डडेल्धुराका सोझा कार्यकर्तालाई भ्रमित बनाउँदै शेरबहादुर देउवाको शक्तिलाई पूर्णरुपमा दुरुपयोग गरेर वडादेखि जिल्लासम्म नेतृत्व हत्याउने एउटा समूहको दाउ छ । हिजोमात्र वडा अधिवेशन स्थगन गरौँ, हाम्राबीचका विमतिबारे छलफल गरौँ, क्रियाशील सदस्यताबारे भएको त्रुटिबारे केन्द्रीय सभापतिलाई  र उहाँबाट सच्चिएर आए पनि नआए पनि पछि अधिवेशन गरौँ भन्दा मानिएन । अनि सहमतिको बाधक म कसरी हुन्छु ? कति झुट कुरा गर्दै हुनुहुन्छ ? उहाँहरूसँग ताकत छ भने माथिबाट थपिएका क्रियाशील सदस्य हटाएर अधिवेशन गरौँ न त । को कति जनमतको नजिक रहेछ भन्ने थाहा हुन्छ । यो कुरा डडेल्धुराको दुईवटा अधिवेशनले नै प्रमाणित गरेको छ ।

त्यसो भए क्रियाशील सदस्यता थपिँदा जिल्लामा आफू किनारा लाग्छु भन्ने चिन्ताले तपाईं यो सब गरिरहनु भएको त होइन ?

– चिन्ता होइन । जिल्लाको ४३ वडामा उहाँहरुले तलबाट पठाइएको मान्छेको नाम छानी छानी काट्नु भएको छ । कुन वडामा कति मान्छेलाई थपेर आफू चुनाव जित्न सकिन्छ भनेर सङ्ख्यात्मक रूपमा थपिएको छ । शेरबहादुर देउवाजीले तोक्नु भएको डडेल्धुराको जिल्ला सभापतिको उम्मेदवार भीमबहादुर साउद अति नै योग्य हुनुहुन्छ । उहाँको व्यक्तित्वप्रति मेरो आग्रह र पूर्वाग्रह केही छैन । तर उहाँले आफ्नो वडामा ८४ जना क्रियाशील सदस्य थपेर आउनु भएको छ । किन थपेर आउनु भयो ? कुन निकायबाट निर्णय गरेर थपेर आउनुभयो ? त्यस्तो ४३ वटा वडामा भएको छ । यो प्रवृत्तिका खिलाफमा मेरो सङ्घर्ष हो ।

 क्रियाशील छानबिन समिति र निर्वाचन समिति पार्टीको गुटगत सन्तुलन मिलाएर बनाइएको छ । पछिल्लो समय कृष्णप्रसाद सिटौला नेतृत्वको समितिमा पनि त्यस्तै थियो । तपाईंलाई ढाडस दिने नेताहरूको प्रतिनिधि पनि त्यहाँ थिए । यो कुराको जाँच केन्द्रमा किन भएन त ?

– कृष्णप्रसाद सिटौला नेतृत्व र रमेश लेखक नेतृत्वको दुवै समितिले डडेल्धुराको हकमा छानबिनभन्दा पनि सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार काम भएको छ । सभापति शेरबहादुर देउवाको निर्देशनमा काम गरेको भनेर रमेश लेखकले मलाई भन्नु भएको छ ।

एउटा बागी उम्मेदवारको नवीकरण गर्ने भनेर मलाई पत्र प्राप्त भयो । यो पत्रका आधारमा मैले एक जना मान्छेको नवीकरण गर्ने हो भने अरू मान्छेले पनि मलाई नवीकरणका लागि दबाब गरिराखेको हुँदा यसको यथाशीघ्र मलाई निर्देशन गरिदिन अनुरोध छ भनेर निवेदन दिएको थियो । त्यो निवेदनको जवाफ आएन ।

त्यहाँ सहभागी जुन गुटका भए पनि उनीहरू कति लायक हुनुहुन्छ भन्ने प्रमाणित भएको छ । पार्टी विवाद, नियमावली र आफैँले बनाएको मापदण्ड विपरीत काम गरिराख्नु भएको छ । पार्टीका बागी उम्मेदवारलाई उहाँहरूले सदस्यता दिनुभएको छ । यो भन्दा आलोच्य  कुरा के हुन्छ ?

यो आरोप तपाईंमाथि पनि लाग्ने गरेको छ । पार्टीले कारबाही गरेका र बागी उम्मेदवारले सदस्यता नपाएको भन्दै तपाईंले त अधिवेशन बहिस्कारसम्म गर्नुभयो, हैन ?

– केन्द्रीय कार्यालयको मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरसहितको एउटा परिपत्र म कहाँ आएको थियो । एउटा गाउँपालिकाको स्वतन्त्र उम्मेदवार लोकराज भट्टको सदस्यता नवीकरण गरिदिनु भनेर निर्देशन दिएपछि जवाफमा पार्टीको केन्द्रीय सभापतिलाई सम्बोधन गरेर जवाफी पत्र पठाएको थिएँ ।

एउटा बागी उम्मेदवारको नवीकरण गर्ने भनेर मलाई पत्र प्राप्त भयो । यो पत्रका आधारमा मैले एक जना मान्छेको नवीकरण गर्ने हो भने अरू मान्छेले पनि मलाई नवीकरणका लागि दबाब गरिराखेको हुँदा यसको यथाशीघ्र मलाई निर्देशन गरिदिन अनुरोध छ भनेर निवेदन दिएको थियो । त्यो निवेदनको जवाफ आएन । मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सोध्दा त्यही पत्रलाई आधार मानेर तपाईंहरु सबैको नवीकरण गरेर पठाइदिनुस् भन्दा पठाएको थिएँ ।

तपाईंकै निर्देशनमा सिफारिस गरेको छु, सबैको सदर गरिदिनुस्, कि सबैको बदर गरिदिनुस् भन्ने मेरो जिकिर थियो । तर उहाँहरूले छानीछानी मात्र सदर गर्नु भएको छ ।

अब राम विष्ट र कमला विष्ट (पार्टीले कारबाही गरेका) को कुरा छ । राम विष्टको के कारणले नवीकरण नहुने ? कमला विष्ट जिल्ला कार्यसमितिको निर्वाचित सदस्य हुन् । उनी सम्बन्धित गाउँपालिको उपाध्यक्षमा पार्टीको आधिकारिक उम्मेदवार हुन् । त्यही गाउँपालिकाका बागी उम्मेदवार भएका शीवलाल शाहको नवीकरण गरिएको छ । अनि आधिकारिक उम्मेदवारको नवीकरण नहुँदा राजनीतिक मुद्दा हुँदैन ?

अम्मरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले नवीकरण गरेर पठाएको नाम सदर भएर आउने अनि उनको आफ्नै नाम बदर भएर आउने कुरा न्यायसङ्गत हुन्छ ?

म कति सौभाग्यशाली मान्छे ! मैले भेट्न खोज्दा उहाँले भेट्न अस्वीकार गर्नुभयो ।

तपाईंको कुरा सुन्दा यसका पछाडि तपाईंको पनि गल्ती देखियो । पार्टीले बनाएको मापदण्ड विपरीत मैले कुनै पनि निर्णय लिँदैन भनेर त्यतिबेला किन अडान लिन सक्नु भएन । आफ्ना केही मान्छे राख्ने लोभमा विधि विपरीतका कार्यमा तपाई पनि मतियार त बनेको देखियो नि ?

– केन्द्रीय तहबाट मलाई लिखित र मौखिक निर्देशन दिएपछि म जिल्ला सभापतिले तहगत रूपमा पठाउनुपर्ने बाध्यता थियो । तलबाट सिफारिस भए पनि पार्टीमा लामो समय काम गरेका साथीको नवीकरण किन रोक्ने भनेर पठाएको हुँ । म झुटो बोल्दिन । यस्तै, प्रदेश र सङ्घीय चुनावमा स्थानीय तहका बागीलाई पार्टी सभापति शेरबहादुर देउवाले नै सबैलाई आममाफी दिनुभएको थियो । साथै पार्टीको यथास्थानमै जिम्मेवारी दिनेछु, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हामीलाई सहयोग गर्नुस् भन्ने उहाँको अपिलमा साथीहरू निर्वाचनमा सक्रिय भएका थिए ।

यसबारे तपाईंले सभापति शेरबहादुर देउवासँग संवाद गर्नुभयो ?

– म कति सौभाग्यशाली मान्छे ! मैले भेट्न खोज्दा उहाँले भेट्न अस्वीकार गर्नुभयो । मैले पार्टी कार्यालयमा पत्र दर्ता गरेँ । अस्ति मात्र डडेल्धुराको घटनाबारे श्रद्धेय सभापति र सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्बोधन गरेर पत्र पठाएको छु । निर्वाचन समितिलाई पनि त्यही अनुसारको पत्र पठाएको छु । निर्वाचन समितिका संयोजकले तत्काल नै मलाई फोन गर्नुभएको थियो । तर सभापतिज्यूलाई लेखिएको पत्रको आजसम्म केही रेस्पोन्स छैन ।

लामो समय शेरबहादुर देउवाको सचिवालयमै बसेर काम गरेको मान्छे । भेटेर कुराकानी गर्न समय नभए पनि टेलिफोन संवाद त गर्न सकिन्थ्यो होला नि ? टेलिफोन संवाद भयो ?

– टेलिफोनमा पनि संवाद गर्न चाहनु प¥यो नि त । मैले उहाँलाई बधाई दिन फोन गर्दा त उहाँले बधाई लिन चाहनु भएन । कहाँबाट संवाद गर्ने ? म उहाँको जिल्लाको सभापति हुँ । लामो समयसम्म पार्टीको अन्तरसंघर्षमा उहाँको साथमा रहेको थिएँ । उहाँले औँला गन्नुभयो भने पनि देशभरिकै एक दुई दर्जन कार्यकर्ताभित्र पर्ने मान्छे हुँ ।

उहाँलाई १० औँ महाधिवेशनदेखि १३ औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टी सभापतिमा पुर्‍याउने उहाँका एक दर्जन नेतामध्ये म पनि एक हो ।

पार्टीमा हुने अन्यायका विरुद्ध जुन कार्यकर्ता बोल्दैन, त्यो कार्यकर्ताले जनताका मुद्दा उठाउन सक्दैन र त्यो कार्यकर्ताले कम्युनिस्टका विरुद्धमा बुलन्द आवाज उठाउन सक्दैन भन्ने उहाँबाट नै प्रशिक्षित कार्यकर्ता हुँ । हिजो पार्टीभित्र अन्याय भयो भनेर उहाँले सुशील कोइराला सभापति हुँदा हामीलाई अनशन बस्न निर्देशन दिनु भएको होइन ? आज उहाँ सभापति हुँदा डडेल्धुराको एउटा गुटलाई संरक्षण दिइराख्नु भएको छ । यो हामी सबैका लागि पीडादायी कुरा हो । -रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
२०८३ बैसाख २२, मंगलबार