श्रावण ७, २०८२ बुधबार July 23, 2025

झापामा सबैभन्दा बढी कोरोना सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को झापामा सबैभन्दा बढी ९० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सो अवधिमा सुनसरीमा २७, मोरङमा २२, इलाममा छ, धनकुटामा तीन, भोजपुरमा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशभरमा २१६ जनामा कोरोना सङ्क्रमण भएकामा ५३१ को पिसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ को रिपोर्ट पोजेटिभ पुष्टि भएको बताइएको छ । स्थानीय तहअनुसार सबैभन्दा बढी झापाको दमकमा १९, सुनसरीको धरानमा १९ र बिर्तामोडमा १६ जना सङ्क्रमित भएका छन् ।

झापाकै अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा छ/छ, बाह्रदशी र बुद्धशान्तिमा दुई/दुई, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा एक/एक गरी १२ वटा पालिकामा कोरोना सङ्क्रमित भएका छन् ।

यस्तै सुनसरीको इटहरीमा चार, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा एक/एक, मोरङको विराटनगरमा १५, बूढीगङ्गामा तीन, उर्लाबारीमा दुई, कटहरी र सुनवर्षीमा एक÷एक, इलामको इलाम नगरपालिका, सूर्योदय र माईमा दुई/दुई, धनकुटाको धनकुटा नगरपालिका, छथर जोरपाटी र पाख्रिबासमा एक/एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै २८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा महिला र पुरुष बराबर छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित पाँच जनाको मृत्यु भएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार