श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालमा थप ७३४ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना भाइरसको संक्रमण आज ७३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० हजार १३ जनामा परीक्षण गरिएकोमा ७३४ संक्रमण पुष्टि गरेको छ ।

तथ्यांकअनुसार नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत पुगेको छ । यस्तै सक्रिय संक्रमित २४ हजार ३१३ जना रहेका छन् । ५०० भन्दा बढी सङक्रमित भएका जिल्ला १० र २०० भन्दा बढी संक्रमित हुने जिल्ला १९ पुगेका छन् ।

संक्रमणबाट निको भई आज एक हजार ४१३ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४९ हजार २१३ कोरोनामुक्त भई घर फर्किएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५.५ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ४० जनाको निधन भएको छ ।  नेपालमा प्रति दश लाखमा ३७२.१ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ३९० जना सघन उपचार कक्ष (आईसीयू), ११७ जना भेन्टिलेटर, २२ हजार ८६४ जना होम आइसोलेसन, एक हजार ४४९ जना संस्थागत आइसोलेसन र २४८ जना क्वारेन्टिनमा रहेका छन् ।

आज २१ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ३ हजार ३१६ जनाले पहिलो मात्रा र ५५ लाख ७८ हजार ८६५ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार