श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालमा थप १०९५ जनामा कोरोना पुष्टि, २९५७ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मुलुकभर पछिल्लो २४ घण्टामा एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८१७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार७८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७४ हजार ६२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९५७ जना कोरोनामुक्त भए, ८ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ९५७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५२ हजार १७०पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८१७ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ४४ हजार ६२० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया