श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालमा थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टिः ५ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।

मंगलबार १ हजार ८३० कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २१ हजार ५२४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार ६२६ पीसीआर तथा ३ हजार ९९६ एन्टिजेन परीक्षण भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया