श्रावण ७, २०८२ बुधबार July 23, 2025

६५ वर्ष पुगेपछि अल्जाइमर्सको जोखिम बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ६५ वर्ष माथिका ज्येष्ठ नागरिकमा विस्मृति रोग (अल्जाइमर्स) समस्याको जोखिम हुने भएकाले लक्षण देखिन साथ उपचार गराउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन् ।

भर्खर गरेका कुरा, काम बिर्सने रोग नै विस्मृति (अल्जाइमर्स) भएको ज्येष्ठ नागरिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ डा. रमेश कँडेलले जानकारी दिनुभयो ।

यो रोग ८० वर्षभन्दा माथिका ४० प्रतिशत ज्येष्ठ नागरिकमा देखिएको तथ्याङ्क रहेको विशेषज्ञ डा. कँडेलले जानकारी दिनुभयो ।

नेपालमा अबको ३० वर्षमा २ लाख नागरिक अल्जाइमर्स रोगबाट ग्रसित हुने देखिएकाले यसको जोखिम कम गर्न युवा तथा वयस्क अवस्थामा सुगर, प्रेसर, डिप्रेसन जस्ता रोगलाई नियन्त्रण गर्नुपर्ने डा. कँडेलको सुझाव छ ।

सरकारले तोकिएका अस्पतालबाट अल्जाइमर्सका बिरामीलाई १ लाख बराबरको उपचार सुविधा उपलब्ध गराएको समेत डा. कँडेलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया