श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालमा बिहिबार १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टीः १३ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज देशभर थप १ हजार २ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

१५ हजार २ सय ४३ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा  १ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोना सङ्क्रमणबाट आज थप १ हजार ३ सय २४ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ९६ प्रतिशत संक्रमित निको भएका छन् ।

कोरोना सङ्क्रमणका कारण आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया