बैसाख २२, २०८३ मंगलबार May 5, 2026

नयाँ जिम्मेवारी लिएर काम गर्ने साथीहरूलाई ठोस जिम्मेवारी दिनुपर्छ । : बेदुराम भुसाल (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पार्टी भर्खर जन्मेको छ, बोक्नै नसक्ने कमिटी किन बनाउनुभयो ? 

अहिले कमिटीमै बसेर काम गर्ने धेरै साथीहरूको इच्छा छ । पार्टीमा आकर्षण छ । अरू पार्टीले पनि ठूलाठूला कमिटी नै बनाएर चलिरहेका छन् । त्यसै सन्दर्भमा साथीहरूलाई समेट्नका निम्ति ठूलो कमिटी बनाइयो । तर, साह्रै ठूलो भयो भन्ने पनि लाग्दैन । हामीले नेकपा हुँदा साढे चार सयजतिको बनाएका थियौँ । अहिले त तीन सय एकको बनाएका छौँ ।

पार्टीका कमिटी त एमालेको भन्दा ठूला बनाउनुभएछ, मान्छे भाग्छन् भन्ने डरले हो कि ?

हामीसँग जम्मा तीन सय मानिस मात्र होलान् र ? त्यस्तो होइन । जिम्मेवारी लिएर काम गर्ने साथीहरूको इच्छा छ । यस्तो वेला उत्सुकतासहित काम गर्न चाहने साथीलाई ठोस जिम्मेवारी दिनुपर्छ भन्ने पनि हो ।

यी कमिटीले गर्छन् के ?

कमिटीमा बसेकालाई विभिन्न जिम्मेवारी दिइन्छ । जिल्लामा इन्चार्ज, सहइन्चार्ज बनाउँछौँ । विभाग प्रमुख, उपप्रमुख बनाउँछौँ । जनसंगठनहरूमा इन्चार्ज, सहइन्चार्ज बनाउँछौँ । यस्तै–यस्तै जिम्मेवारी दिएर पठाउँछौँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो । जिम्मेवारीमा भूमिका निर्वाह गर्ने हो । पार्टीले तय गरेको कार्यदिशा सफल पार्न आ–आफ्नो जिम्मेवारीको क्षेत्रहरूमा प्रभावकारी ढंगले काम गर्नुपर्छ ।

तपाईंहरूले बनाएका कमिटीले एमालेसँग प्रतिस्पर्धा गर्लान् ?

मज्जाले प्रतिस्पर्धा गर्न सक्षम छन् । हामी जुध्छौँ । जुध्ने भनेको भौतिक रूपमा जाइलाग्ने होइन । बल लडाउने होइन, बुद्धि लडाउने हो । हामीसँग बुद्धि छ, नयाँ कार्यदिशा छ । समाजवादतर्फ अघि बढ्ने नारा नै दिएका छौँ । समाजवादतर्फ जान चाहनेको प्रतिनिधित्व गर्ने हो । त्यो विचार उहाँहरू (एमाले)सँग छैन । उहाँहरूसँग पछौटे विचार छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार