काठमाण्डौंः मुलुकभर कोरोना संक्रमणको ग्राफ घटिरहेको अवस्थामा इलाममा भने संक्रमणदर घटेको छैन । इलाममा आज पनि थप २४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २४ जनासँगै इलाममा संक्रमितको संख्या ५,६६९ पुगेको छ ।
आज संक्रमित हुनेहरुमा सूर्योदय नगरपालिकामा ३ महिला र ९ पुरुष, इलाम नगरपालिकामा ३ महिला र ४ पुरुष, माङसेवुङ गाउँपालिकामा ३ महिला, रोङ गाउँपालिकामा १ महिला र माइजोगमाई गाउँपालिकामा १ पुरुष रहेका छन् ।
इलाममा अहिलेसम्म कोरोना संक्रमणको कारण १२७ जनाको मृत्यु भइसकेको छ । इलाममा अहिले २३९ जना सक्रिय संक्रमित रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया