श्रावण ७, २०८२ बुधबार July 23, 2025

ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ । गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो ।

नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले अन्य जिल्लाबाट अक्सिजन आयत गर्नुपर्ने समस्या अहिले हटेको अस्पतालका सूचना अधिकारी विजया राईले बताइन् ।

कतिपय बिरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने समस्या भएकोमा अहिले अस्पतालमै अक्सिजन उत्पादन हुन थालेकाले जिल्लाभित्रका सबै स्वास्थ्य संस्थामा अक्सिजन आपूर्ति गर्नसमेत सहज हुने उनले बताइन्।

ठेक्का पाएको प्रविधि इन्टरनेशनल सप्लार्यसले ७१ लाख ५० हजार रुपैयाँको लागतमा प्लान्ट जडान गरेको अस्पतालका निमित्त मेडिकल सुुपरिटेण्डेन्ट डा सोनिङ लामाले जानकारी दिइन्।

अब यही प्लान्टमार्फत २४ घण्टामा २० थान अक्सिजन ठूलो सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने सप्लार्यसका प्राविधिक दिलबहादुर विकले जानकारी दिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार