बैसाख २०, २०८३ आइतबार May 3, 2026

बंगलादेशको शरणार्थी शिविरभित्रै शरणार्थी नेता उल्लाहको गोली प्रहार गरी हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी नेताको हत्या गरिएको छ ।

कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए । उनीहरू करिब पाँच जनाको समूहमा रहेका एक प्रत्यक्षदर्शी शरणार्थीले बताएका छन् ।

शिविरस्थित आफ्नो कार्यालय परिसरमा अन्य शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको प्रहरी उपरीक्षक मोहम्मद नैमुल हकले पुष्टि गर्नुभएको छ ।

सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंज्या मुस्लिमहरूले छिमेकी बंगलादेशमा शरण लिएका थिए । बंगलादेशमा अहिले रोहिंज्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन् ।

उल्लाहले रोहिंज्या शरणार्थीको हकहितमा काम गर्न आराकान ‘रोहिंज्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स’ नामक संस्था खोलेको समाचारमा उल्लेख छ ।उल्लाहको हत्याको पछाडी कस्को हात थियो भन्ने बारे कुनै खुलासा भएको छैन । उनको मृत्युमा शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको उच्च आयोगले गहिरो दुःख व्यक्त गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका
२०८३ बैसाख २०, आइतबार
उपराष्ट्रपति यादवद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २०, आइतबार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ – मुख्यमन्त्री बानियाँ
२०८३ बैसाख १९, शनिबार
मिडियाले जहिल्यै प्रतिपक्षको भूमिका खेल्नुपर्छः अध्यक्ष बिजुक्छेँ
२०८३ बैसाख १९, शनिबार
कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी
२०८३ बैसाख १९, शनिबार
रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
२०८३ बैसाख १९, शनिबार