असार २४, २०८२ मंगलबार July 8, 2025

बंगलादेशको शरणार्थी शिविरभित्रै शरणार्थी नेता उल्लाहको गोली प्रहार गरी हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी नेताको हत्या गरिएको छ ।

कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए । उनीहरू करिब पाँच जनाको समूहमा रहेका एक प्रत्यक्षदर्शी शरणार्थीले बताएका छन् ।

शिविरस्थित आफ्नो कार्यालय परिसरमा अन्य शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको प्रहरी उपरीक्षक मोहम्मद नैमुल हकले पुष्टि गर्नुभएको छ ।

सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंज्या मुस्लिमहरूले छिमेकी बंगलादेशमा शरण लिएका थिए । बंगलादेशमा अहिले रोहिंज्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन् ।

उल्लाहले रोहिंज्या शरणार्थीको हकहितमा काम गर्न आराकान ‘रोहिंज्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स’ नामक संस्था खोलेको समाचारमा उल्लेख छ ।उल्लाहको हत्याको पछाडी कस्को हात थियो भन्ने बारे कुनै खुलासा भएको छैन । उनको मृत्युमा शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको उच्च आयोगले गहिरो दुःख व्यक्त गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया