बैसाख २०, २०८३ आइतबार May 3, 2026

मोरक्कोका नागरिकलाई कोरोना भाइरविरुद्ध तेस्रो खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो ।

मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विज्ञ तथा सरोकारवालाहरूको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो ।

यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अङ्गको रुपमा लागू गरिने पनि अधिकारीहरूले जानकारी दिएका छन् । आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने उनीहरूले बताएका छन् ।

उत्तर अमेरिकी मुलुक मोरक्कोमा यसअघि पहिलो खोप अभियान भने गत जनवरी २८ मा शुरु भएको थियो । त्यहाँ शुरुमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारि अनुसार अहिलेसम्म मोरक्कोमा दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

ती मध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन् । मोरक्कोमा शुक्रबार मात्रै थप ९३६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितहरूको सङ्ख्या नौ लाख ३४ हजार सात पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको छ । ती मध्ये २३ जनाको पछिल्लो  २४ घण्टामा मृत्यु भएको हो ।

मोरक्कोमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेका मध्ये ८३५ जना अति सघन कक्षमा उपचाररत छन् ।  रास-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका
२०८३ बैसाख २०, आइतबार
उपराष्ट्रपति यादवद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २०, आइतबार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ – मुख्यमन्त्री बानियाँ
२०८३ बैसाख १९, शनिबार
मिडियाले जहिल्यै प्रतिपक्षको भूमिका खेल्नुपर्छः अध्यक्ष बिजुक्छेँ
२०८३ बैसाख १९, शनिबार
कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी
२०८३ बैसाख १९, शनिबार
रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
२०८३ बैसाख १९, शनिबार