बैसाख २०, २०८३ आइतबार May 3, 2026

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ। संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो। अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ ।

विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन्। यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ। आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्ति बाहिर जाने संभावना न्यून रहेको छ ।

कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन्। मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरु पनि पर्याप्त मात्रामा खटिएका छन् ।

संसद सदस्यका लागि पुरुष उम्मेदवारहरूको सङ्ख्या अत्यधिक रहेको छ। कुल २८४ उम्मेदवारहरु मध्ये २८ जना मात्रै महिला उम्मेदवार छन् । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका
२०८३ बैसाख २०, आइतबार
उपराष्ट्रपति यादवद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २०, आइतबार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ – मुख्यमन्त्री बानियाँ
२०८३ बैसाख १९, शनिबार
मिडियाले जहिल्यै प्रतिपक्षको भूमिका खेल्नुपर्छः अध्यक्ष बिजुक्छेँ
२०८३ बैसाख १९, शनिबार
कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी
२०८३ बैसाख १९, शनिबार
रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
२०८३ बैसाख १९, शनिबार