बैसाख २०, २०८३ आइतबार May 3, 2026

विधान महाधिवेशन भनेको एमालेको पुनर्जागरण अभियान हो । : योगेश भट्टराई (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमालेको प्रथम विधान महाधिवेशनको कार्यसूचीमा के–के छन् ?

आज पार्टी अध्यक्ष केपी ओलीले भव्य समारोहबीच प्रथम विधान महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । विधान, प्रतिवेदन, संगठनात्मक प्रस्ताव प्रतिनिधिका बीचमा छलफलका लागि प्रस्तुत हुनेछ । अध्यक्षले राजनीतिक, महासचिवले संगठनात्मक र उपमहासचिवले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । समूह विभाजन कतिवटामा हुन्छ पछि थाहा हुन्छ, तर उनीहरूका बीचमा प्रतिवेदनमाथि छलफल अगाडि बढ्नेछ ।

विधान महाधिवेशनमार्फत एमालेले कस्तो खालको नयाँ राजनीतिक सन्देश दिन खोजिरहेको छ ?

विधान महाधिवेशन एमालेको जीवनको नयाँ अभ्यास हो । यो अभ्यास एमालेको इतिहासमा मात्रै होइन, अरू राजनीतिक दलको इतिहासमा समेत बिलकुल नयाँ अभ्यास हो । अलि बढी पार्टीको नीति, विधि, विधान निर्माणमा केन्द्रित रहेर हामी छलफल गर्नेछौँ । दोस्रो, अहिले पार्टीमा विभाजनको स्थिति उत्पन्न भएकाले यसलाई चिर्दै फेरि पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य रहेकाले देशभरिबाट प्रतिनिधिहरूको संख्या अलिक ठूलो हुन पुगेको छ । पार्टीलाई सुदृढ र एकताबद्ध गर्ने सन्देश दिने हो । आगामी निर्वाचनको प्रतिस्पर्धामा एमालेलाई पहिलो पार्टी बनाउन देशभरका कार्यकर्तालाई एकै ठाउँबाट निर्देशन दिने सन्देश दिन खोजेका छौँ । हाम्रो अबको कार्यभार आउने स्थानीय, प्रदेश र संघको चुनावमा बहुमत ल्याउने र त्यसका लागि देशभरिका अगुवा साथीहरूलाई अगाडि बढ्न आह्वान गर्ने काम हामी विधान महाधिवेशनबाट गर्नेछौँ ।

एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्त र कार्यदिशालाई यो विधान अधिवेशनमा कसरी प्रस्तुत गर्दै छ ? त्यसैलाई विकसित गर्ने तयारी हो या अरू केही योजना छ ?

अब हामी त्यो (जबज)भन्दा एक स्टेप अगाडि गइसकेका छौँ । जबजलाई समृद्ध र सुदृढ गर्दै समाजवादको दिशामा अगाडि बढ्ने भनिसकेका छौँ । अब हामी समाजवादको आधार निर्माण गर्ने काममा लाग्नेछौँ भनिसकेकाले जबजभन्दा एक स्टेप अगाडि बढेका छौँ ।

जबजभन्दा एक चरण अगाडि बढ्ने कुरा गर्नुभो, अहिलेको राजनीतिक प्रतिवेदनले तपाईंले भनेका कुरालाई समेटेको छ वा फरक मत पनि प्रस्तुत हुन्छ ?

अहिलेकै राजनीतिक प्रतिवेदनले सबै विषय समेटेको छ ।

विधान महाधिवेशनबाट के निष्कर्ष दिने तयारीमा हुनुहुन्छ ?

प्रतिवेदनहरू पास हुनेछन् । दोस्रो, विधान महाधिवेशन भनेको एमालेको पुनर्जागरण अभियान हो । यसले एमालेलाई पुनर्जागृत गर्नेछ । बीचमा नेकपाकालीन द्वन्द्व र अन्तर्विरोध थिए, त्यसलाई हल गर्दै पार्टीभित्र हार्दिक एकतासहित सुदृढ पार्टी निर्माण गर्दै आगामी चुनावमा एमालेलाई पहिलो, अब्बल मात्रै होइन कि बहुमतसहितको पार्टीका रूपमा पुनस्र्थापित गर्ने र राज्यका निकायमा संघ, प्रदेश र स्थानीय सरकारमा एमालेको पुनरागमन गर्ने आधार विधान महाधिवेशनले तय गर्नेछ । एमालेलाई सरकारमा कमब्याक गर्ने एउटा आधार तयार गर्नेछ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका
२०८३ बैसाख २०, आइतबार
उपराष्ट्रपति यादवद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २०, आइतबार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ – मुख्यमन्त्री बानियाँ
२०८३ बैसाख १९, शनिबार
मिडियाले जहिल्यै प्रतिपक्षको भूमिका खेल्नुपर्छः अध्यक्ष बिजुक्छेँ
२०८३ बैसाख १९, शनिबार
कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी
२०८३ बैसाख १९, शनिबार
रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
२०८३ बैसाख १९, शनिबार