मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बैतडीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु, चार सय प्रहरी परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्व लक्षित ‘सुरक्षा योजना’ लागू गरेको छ । कार्यालयले विभिन्न १८ बुँदे कार्ययोजना सार्वजनिक गर्दै सुरक्षा योजना लागू गरेको हो ।

 दसैँतिहार तथा छठ पर्वको समयमा जिल्लामा मादक पदार्थ बिक्रीवितरण तथा ओसार–पसार र सेवन, विस्फोटक पदार्थ ओसारपसार, जुवाजन्य खेलहरु, चोरी, तस्करी, खाद्यान्नको कृत्रिम अभाव तथा कालोबजारी, सवारी दुर्घटना तथा यात्रुहरु ठगिने सम्भावना, बैंक तथा वित्तीय संस्थाहरु उपर हुनसक्ने सम्भावित लुटपाट, मेलापर्वहरुमा हुनसक्ने सम्भावित झैझगडा तथा असुरक्षा, सीमा नाकामा हुनसक्ने ठगी तथा अभद्र व्यवहार र विशिष्ट व्यक्तिहरुको भ्रमणका क्रममा हुनसक्ने सम्भावित जोखिम लगायतका गतिविधिहरुलाई नियन्त्रण गरी जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ ।

सुरक्षा योजनाअन्तर्गत भारतसँगको सीमा नाका र राजमार्गमा गरी  जिल्लाका विभिन्न नौ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझा जानकारी दिए ।

सिमार, गोकुलेश्वर, खोचलेक, सतबाँझ, झुलाघाट, गोठलापानी, पाटन, खोडपे र ढोल्यामोडमा सहायता कक्ष सञ्चालन गरिएका हुन् ।  चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रुको सजिलोका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएका हुन् ।  जिल्लाभरि एक सय १७ स्थानमा ड्युटी राखिएको  र नागरिकको सुरक्षाका लागि तीन सय ८८ प्रहरी परिचालन  गरिएका जनाइएको  छ ।

यस्तै जिल्ला कमान्ड पोष्ट  एक, रिजर्भ दुई, क्युआरटी परिचालन १०, ट्राफिकसहितको संयुक्त चेकिङ चार, सीमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण सात, झैझगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रण २४, मोबाइल गस्ती दुई, पैदल गस्ती १७, पिकेट १६, राजमार्गमा  स्कर्टिङ दुई, यात्रु सहायता कक्ष नौ, धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा तीन, बैंक तथा वित्तीय संस्था, सुनचाँदीको कारोबार तथा आर्थिक कारोबार हुने स्थानको सुरक्षा चार, बजार अनुगमन तीन, तत्काल परिचालन हुने (आकस्मिक सभा जुलुस, धर्ना लगायतको कार्यक्रम)  चार, नियमित चेक प्वाइन्ट डिउटी (मापसे चेकिङसहित) पाँच, विशेष चेकिङ (लामो दूरीको सवारी चेकिङ) चार र दैनिक जम्मा ड्युटी परिचालन सङ्ख्या ११७ वटा टोली परिचालन गरिएका हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार