मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

डडेलधुरा, लमजुङ र रसुवाका प्रजिअ गृहमन्त्रालय तानिए ? कुन प्रजिअको कहाँ सरुवा ? सूचीसहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयले प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । मन्त्रालयका अनुसार गृहका सहचिव कमलराज ढकाललाई भोजपुर र सहचिव जयनारायण आचार्यलाई कास्कीको प्रजिअमा सरुवा गरिएको छ भने कास्कीका प्रजिअ थानेश्वर गौतम र डडेलधुराका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

प्राप्त विवरणअनुसार काठमाडौँका प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको प्रजिअमा पठाइएको छ भने लमजुङका प्रजिअ होमप्रसाद लुईंटेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

बाँकेका सहायक प्रजिअ शङ्करबाहादुर विष्टलाई डोटीको प्रजिअमा, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवलको जेलरमा, सुर्खेतका प्रजिअ रोमबहादुर महतलाई मुगु, गृहका उपसचिव रवीन्द्रप्रसाद आचार्यलाई मनाङ, इलाका प्रशासन कार्यालय टीकापुरका मोहनराज जोशीलाई डडेलधुरा र दाङका सहायक प्रजिअ चिरञ्जिीवी रानालाई म्याग्दीको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै गृहमन्त्रालयअन्तर्गत रहेका उपसचिव अनोजकुमार घिमिरेलाई तेह्रथुम, मनाङका प्रजिअ विष्णु लामिछानेलाई सप्तरीको प्रजिअमा सरुवा गरिएको छ भने रसुवाका प्रजिअ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार