काठमाण्डौंः नेपाल प्रहरीका कार्यरत प्रहरी कर्मचारीहरुले अत्यावश्यकबाहेक दसैं बिदा नपाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले दसैँमा घर बिदा नलिन र त्यस्तो बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन जारी गरेको हो।
प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका इन्चार्जहरूलाई सर्कुलर गरेर प्रहरी प्रधान कार्यालयले भनेको छ,‘अत्यावश्यक बाहेक कसैलाई पनि पर्व बिदा नदिनु ।’ जिल्लाका इन्चार्जहरूलाई पर्व बिदा नलिन र मातहतका कर्मचारीलाई बिदा नदिन सर्कुलर गरिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्।
यो वर्ष सुरक्षा योजना कार्यान्वयन गर्न करिब ४४ हजार जनशक्ति फिल्डमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया