बैसाख २०, २०८३ आइतबार May 3, 2026

हुथी विद्रोही र यमनी सेनाबीच भएको भिडन्तमा ८० भन्दा बढीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।

उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो ।

यसरी मारिनेमध्येमा अधिकांश हुथी विद्रोही रहेका छन् । यसरी मारिनेमा ७४ जना हुथी विद्रोही लडाकू र अरु आठ जना यमनका सेना रहेका यहाँको सैन्य स्रोतले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा ७४ विद्रोही मारिएका छन्– सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । समाचारअनुसार अधिकांश विद्रोहीहरु मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् ।

पछिल्लो समय साउदीसमर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भिडन्तमा पछिल्लो पटक यो हताहत भएको हो । इरानसमर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुनः आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सैयौं मानिसको ज्यान गएको छ । यहाँ गएको हप्तामा पनि दर्जनौँ हुथी विद्रोही लडाकू मारिएका थिए । (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादवद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २०, आइतबार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ – मुख्यमन्त्री बानियाँ
२०८३ बैसाख १९, शनिबार
मिडियाले जहिल्यै प्रतिपक्षको भूमिका खेल्नुपर्छः अध्यक्ष बिजुक्छेँ
२०८३ बैसाख १९, शनिबार
कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी
२०८३ बैसाख १९, शनिबार
रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
२०८३ बैसाख १९, शनिबार
सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा
२०८३ बैसाख १९, शनिबार