असार २४, २०८२ मंगलबार July 8, 2025

पार्टीले चुनाव हारेपछि जर्जियाको प्रधानमन्त्रीले राजीनामा दिनसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाश्भीलीले राजीनामा दिनसक्ने देखिएको छ ।

गत फेब्रुअरीमा मात्रै प्रधानमन्त्रीको जिम्मेबारी सम्हाल्नु भएका उहाँले निर्वाचनमा नराम्रो नतिजा आएपछि राजीनामा गर्नुपर्ने देखिएको हो ।

यही अक्टोबर २ तारिखका दिन भएको निर्वाचनमा उहाँको पार्टी जर्जियन ड्रिम पार्टीले नराम्रोसँग हार बेहोरेको छ ।

पार्टीको उच्च स्रोतलाई उद्धृत गर्दै उहाँले राजीनामा दिनसक्ने समाचार स्थानीय सञ्चार माध्यमहरूले प्रकाशन तथा प्रसारण गरेका छन् ।

देशभरका सहर तथा जिल्लाहरूमा मेयर तथा सांसद चयनका लागि निर्वाचन भएकोमा उहाँका अधिकांश उम्मेदवार पराजित भएका जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया