बैसाख २०, २०८३ आइतबार May 3, 2026

नाइजेरियामा बन्दुकधारीद्वारा २४ जनाको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।  बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेका छन् । उनीहरूले केही समयदेखि देशको उत्तरीपश्चिमी तथा मध्यभागमा ठूलो सङ्ख्यामा आक्रमण गर्ने, अपहरण गर्ने, लुटपाट गर्ने, आगजनी गर्नेलगायतका हिंसात्मक क्रियाकलाप गर्दै आएका छन् ।

सरकारी सैनिकले गतहप्ता त्यस क्षेत्रका आक्रमणकारीहरूलाई निस्तेज पारेको दाबी गरे पनि उनीहरूले आक्रमणलाई निरन्तरता दिएका छन् ।

बिहीबार मोटरसाइकलमा आएका सयौँ आक्रमणकारीहरूले देशको कात्सीना र जाम्फारा क्षेत्रमा आक्रमण गरेको जनाइएको छ ।  उनीहरूको आक्रमणमा परी स्थानीय बासिन्दाको मृत्यु भएको छ भने दर्जनौँको घरबार जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका
२०८३ बैसाख २०, आइतबार
उपराष्ट्रपति यादवद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २०, आइतबार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ – मुख्यमन्त्री बानियाँ
२०८३ बैसाख १९, शनिबार
मिडियाले जहिल्यै प्रतिपक्षको भूमिका खेल्नुपर्छः अध्यक्ष बिजुक्छेँ
२०८३ बैसाख १९, शनिबार
कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी
२०८३ बैसाख १९, शनिबार
रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
२०८३ बैसाख १९, शनिबार