श्रावण ७, २०८२ बुधबार July 23, 2025

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिन्दूहरुको महान चाड वडादसौंको उपलक्ष्यमा तारकेश्वर नगरपालिका–५ धितालथोकमा एक दिने ‘निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान’ कार्यक्रम सम्पन्न भएको छ ।

सुडी समाज युवा उपसमिति काठमाडौं, गाउँघर हेल्थ केयर सेन्टर, किवनिज क्लब अफ वाग्मती र नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टरको समन्वयमा लायन्स क्लब अफ काठमाडौंद्वारा आयोजित सो शिविरमा १२५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा ३५ जनाले रक्तदान गर्नुभएको थियो ।

शिविरमा नाक, कान, घाँटी, छाला तथा यौन रोग, जनरल फिजिसियन सेवा, मधुमेह (सुगर), थाइराइड र रक्तचापका जाँच गरिएको थियो भने केही औषधीसमेत निशुल्क वितरण गरिएको थियो ।

सो अवसरमा सुडी समाज काठमाडौंका अध्यक्ष एवम् दन्तरोग चिकित्सक अशोक महासेठले सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उललेख गर्दै हाम्रो समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन् । त्यस्ता नागरिकका लागि शिविरले सहयोग पु¥याएको बताउनुभयो ।

किवनिज क्लब अफ नेपालका गर्भनर एकराज पन्तले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुराउने उद्देश्यले शिविरको आयोजना गरिएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार