श्रावण ७, २०८२ बुधबार July 23, 2025

सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार हिजोको सङ्क्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो ।

पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिया सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको हो । कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण सङ्क्रमण घट्दै गएको देखिएको छ ।

उहाँका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्या १५ हजार ९४२ पुगेको छ । सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ ।

यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार